फिल्म । प्रतिक्षित फिल्म ‘साहो’ को रिलिज डेटले यतिबेला नेपाली फिल्मलाई असर गरेको छ । फिल्मले घोषणा गरेको पहिलो डेट अगस्ट १५ पछि यतिबेला फिल्म अगस्टकै ३० र सेप्टेम्बर ६ मा रिलिज हुन् सक्ने अनुमान गरिएको छ । निर्माण पक्षले प्राविधिक कारण देखाउदै डेट तय गर्न सकेका छैनन् । यसअघि प्रभास अभिनित बाहुबली २ र रजनिकांतको २.० ले पनि बारम्बार रिलिज डेट सारेको थियो ।
जसको असर नेपाली फिल्ममा पर्दै आएको छ । विदेशी फिल्ममा स्वदेशी वितरकको मात्र होइन , हल संचालकको पनि प्रत्यक्ष \ अप्रत्यक्ष रुपमा लगानी कम हुने भएकोले प्राथमिकतामा नेपाली फिल्म पर्दैनन् । यसैले गर्दा पनि विदेशी ठुलो फिल्मसंग नेपाली फिल्म प्रतिष्प्रधा नै गर्न सक्दैन । किनकी आफ्नो लगानीलाई त सबैले मुनाफामा परिणत गर्न खोज्छ नै ।

पछिल्लो समय ‘साहो’ को डेट वारम्बार परिवर्तन हुँदा नेपाली फिल्मलाई अप्ठेरो परिरहेको छ । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित फिल्म भएकोले यसले पनि राम्रो विजनेस गर्ने अनुमान गरिएको छ । फिल्म अगस्ट १५ मा आउँदा ‘हजार जुनीसम्म’ लाई असर गर्ने देखिएको थियो भने अगस्ट ३० मा आउने भएपछी कबड्डी कबड्डी कबड्डी र मारुनीलाई ।
‘साहो’ रोमान्टिक पोस्टर सार्वजनिक गर्दै प्रभासले अगस्ट ३० को डेटलाई लक् गरेका छन् । अर्थात् कबड्डी र मारुनीसँग फिल्म प्रदर्शनमा आउने पक्का छ । याद उक्त मितिमा तिन फिल्मनै प्रदर्शनमा आएमा कुल शो संख्याको ५० प्रतिशत भन्दा बढी ‘साहो’ ले पाउने देखिएको छ । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । सुजीथको निर्देशनमा तयार भईरहेको यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दी भाषामा पनि रिलिज हुनेछ ।

ट्रेलर सार्वजनिक नभई सकेको कारण मारुनीको रिलिज डेट सर्ने सम्भावना बढेको छ । फिल्मले रिलिज मिती परिवर्तन गरेमा भाद्र २७ मा रिलिज हुन् सक्ने सम्भावना रहेको छ । यसैगरी कबड्डी कबड्डी कबड्डी युनिटले पनि फिल्मको विषयमा वितरक तथा नजिकका फिल्मकर्मीसँग सल्लाह गरिरहेका छन् । बलिउडको ठुलो फिल्म र सार्वजनिक टिजरले नेपाली फिल्म पारखीमाझ क्रेज बढाएपछी फिल्म मेकरहरु सोच्न बाध्य भएका हुन् ।










