संगीत । नेपाल आइडलका गोल्डेन माइक विजेता सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ ल्याएका छन् । काली प्रसाद बास्कोटाको शब्द/ सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी टुवान को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने यसका कृएटिभ डिरेक्टर असीम शाह हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ । यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् ।
कमेन्ट गर्नुहोस्










