हरी भन्छन् ‘ म टिमले बनाएको निर्देशक’

490 Shares

फिल्म । हरी हुमागाईंको पहिचान नै सिनेम्याटोग्राफी हो । उनले म्युजिक भिडियो , एड , फिल्म खिचेर आफुलाई प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो निर्देशक समेत बनेका हरीले फिल्म निर्देशनमा सरौतो मार्फत डेब्यु गरेका छन् । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरियो ।

गीत युट्युबमा सार्वजनिक भएता पनि कार्यक्रममा भने टिजर पनि देखाइयो । उपस्थितले रिभेन्ज स्टोरी रहेको फिल्मको टिजरलाई रुचाए । ‘यो सब टिमवर्ककै कारण सम्भव भएको हो’ हरी भन्छन् ‘सबैले निकै मेहनत गरेका छौ ।’ टिजरमा देखिएको फिल्मको लुक्सले चर्चा बढाउनेमा निर्माण टीम विश्वस्त छन् । सार्वजनिक पहिलो गीत ‘कुले दाई’ लाई राजन राज शिवाकोटीले तयार गरेका हुन् । गीतमा उनको शब्द , संगीत र स्वर रहेको छ । गायनमा राजनलाई मिलन नेवारले साथ् दिएकी छिन् ।

गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । गीतमा सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यसै फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन । गीतबाट सुमी निकै आशावादी छिन । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ ।फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Facebook Comments