नातीकाजीको गीतमा अनामिका र श्रीदेव

78 Shares

संगीत । मोडल अनामिका चौलागाइको व्यस्तता भिडियोमा बढ्दो छ । उनि पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन् थालेकी छिन् । म्यूजिक भिडियोबाटै म्यूजिक खबर म्यूजिक अवार्ड, पावर न्यूज म्यूजिक अवार्ड तथा छायाँछवि अनर अवार्ड मोडलका रुपमा पाइसकेकी अनामिकाले पछिल्लो समय आफ्नो सक्रियता बढाउँन सफल भएकी छिन् । प्रसिद्ध संगीतकार स्वर्गीय नातीकाजीको संगीतमा रहेको प्रसिद्ध गीत किन आउँछ याद उनको… यतिखेर यसका गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएका छन् महिला स्वरमा ।

यस अघि नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ । यहि गीत किन आउँछ याद उनको… मा अनामिका चौलागाइ फिचरिङ भएकी छिन् । मोडल श्रीदेव भट्टराई अनामिकाको अपोजिटमा देखिएका छन् । गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । यस्तै यसको निर्देशन युवा कवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् ।

बरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा सजिएको कर्महारा चेली…बोलको गतिमा पनि अनामिका फिचरीङ भएकी हुन् । राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाको शब्दमा रहेको यो गीतका संगीतकार तथा एरेञ्जर भने पदम रजान मगर हुन् । गीतको निर्देशन एवं सम्पादन माधबराज खरेलले गरेका छन् भने छायांकन राजन खरेलको छ । रंग संयोजन भने राजेश कुमारले गरेका छन् । सामाजिक भावको यो गीतमा छोरी–चेलीको व्यथा देखाइएको छ ।

Facebook Comments