फिल्म । गत जेठ ३ गतेबाट प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ ले वर्ड अफ माउथकै कारण दर्शकलाई हलसम्म तानिरहेको छ । फिल्म हेर्ने दर्शकले अरकलाई सिफारिस गरेपछि यतिबेला स्वदेश मात्र नभई विदेशमा पनि फिल्म ‘हाउसफुल’ भइरहेको छ । फिल्मले तेस्रो सातामा पनि क्युएफसएक्स अन्तर्गतको चेनमा उपत्यकामा मात्र २१ शो पाएको छ ।
विक डेजमा पनि अधिकांस शो हाउसफुल भइरहेका छन् । ‘दर्शकले देखाउनु भएको माया प्रति आभारी छौ’ निर्देशकसँगै लेखक समेत रहेका प्रदीप भट्टराई भन्छन् ‘हामीले दर्शकको अपेक्षा अनुसार फिल्म दिन सक्यौ , यो नै सफलता हो ।’ स्वदेशमा विभिन्न स्थानमा पुगेर दर्शकसँगै फिल्म हेर्दै प्रतिक्रिया लिएको टिम अब अष्ट्रेलिया पुग्दैछन् । फिल्मका कलाकार विपिन कार्की सिड्नी पुगिसकेका छन् भने निर्देशक भट्टराईसँगै अभिनेत्री वर्षा राउत र कार्यकारी निर्माता रवीन्द्र सिंह बानिया पनि विहिबार अष्ट्रेलिया पुग्दैछन् ।
नेपालको रिभ्यु र अष्ट्रेलियामा फिल्म हेरेका दर्शकले दिएको प्रतिक्रियाका कारण त्यहाँ फिल्मले आक्रामक ब्यापार गरिरहेको छ । प्राप्त जानकारी अनुसार, अष्ट्रेलियाका विभिन्न शहरमा १९ शोज हाउसफूल भैसकेका छन् । यस्तै, अबप्रदर्शन गर्न लागिएको १४ शोज पनि हाउसफूल भैसकेको छ । टिमले त्यहाँ सिड्नी , तास्मनिया र ब्रिसबेनको शो मा सहभागी हुँदै दर्शकसँग फिल्म हेर्नेछन् ।
‘अष्ट्रेलियामा टिम नै पुग्दैछौ भने विपिनजी पुगिसक्नु भयो’ निर्देशक भट्टराई भन्छन् ‘विदेशमा बस्ने नेपालीको पैसा र समयको सदुपयोग फिल्मले गरेको छ , यो नै सफलता हो ।’ फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् ।
फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।









