फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ को प्रेस शो गरिएको छ । विहानी पाख आयोजित प्रेस शो मा फिल्मलाई युनिटले पनि हेरेका थिए । मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा , पुष्प खड्का र निर्देशक सुदन केसी लगायतले पत्रकारसँगै फिल्म हेरेका हुन् । फिल्मबाट आएको प्रतिक्रियाले आफुलाई खुसि मिलेको कलाकार तथा लेखक हरिवंशले बताए । ‘फिल्मले पाएको प्रतिक्रियाले उत्साहित छौ’ उनले भने ‘दर्शकको नजरले फिल्म हेर्नु हुनेले इन्जोय गर्नु भएको छ ।’
किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ ।
यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।
तस्वीरहरु : आर्यन बिमली











