‘बक्स अफिसमा मेरो नियन्त्रण हुदैन’ सोनाक्षी

फिल्म । महावीर जयन्तीको अवसर पारेर रिलिज भएको बलिउड फिल्म ‘कलंक’ लाई हेरिसकेपछी यसक रिभ्यु समिक्षक र दर्शकले राम्रो दिएनन् । जसको प्रभाव बक्स अफिसमा पर्यो । पहिलो दिन यसवर्षकै उच्च कलेक्सन गरेको फिल्मले दोस्रो दिन देखि नै दर्शकको साथ् पाउँन सकेनन् । अन्तत फिल्मले पहिलो साता पार गर्ने लाग्दा पनि ६६ करोड बढी कमाउन सकेको छैन ।

फिल्मको असफलतासँग जोडेर यसको कलाकार मध्येकि एक सोनाक्षी सिन्हालाई प्रश्न गरियो । उनले उत्तर दिने क्रममा बक्स अफिस आफ्नो नियन्त्रणमा नरहेको बताइन । ‘मैले फिल्म छान्दा सबै तथ्यलाई ध्यान दिन्छु तर यसले गर्ने कमाइ मैले बढाउने वा घटाउने होइन’ उनले भनिन् ‘बक्स अफिसमा राम्रो ब्यापार गरोस भन्ने ईच्छा सबैलाई हुन्छ तर यसको रिजल्टले मेरो कामलाई असर गर्दैन ।’

उनले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएकी हुन् । बलिउडका चतुर निर्माता र निर्देशकको ट्याग पाएका करण जोहरले मल्टीस्टारलाई लिएर राम्रो फिल्म बनाउन नसकेको आरोप लागिरहेको छ । फिल्ममा संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सिद्धार्थ रोय कपूर लगायतका कलाकार रहेका छन् भने यसमा अभिषेक वर्मनको लेखन तथा निर्देशनमा रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्