‘फिल्मी क्षेत्रको हितको लागि डटेर लाग्छु’ नव नियुक्त अध्यक्ष भट्टराई

फिल्म । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त केशव भट्टराई पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदको बैठकबाट निर्णय हुँदै बोर्ड अध्यक्ष बनेका भट्टराईले सोमबार ४ : ३० बजे बोर्ड पुगेर पद सम्हालेका हुन् । अध्यक्षको स्वागतमा बोर्डमा आयोजना गरिएको कार्यक्रममा उनले नेपाली फिल्मको हितको लागि आफु डटेर लाग्ने बताए । ‘म नेपाली फिल्मलाई हित हुने कार्य गर्न पछि पर्दिन र डटेर लाग्छु’ मन्तव्य राख्दै उनले भने ‘मेरा प्रतिबद्धता बुँदागत रुपमै केहि दिनमै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छु ।’ उनले पहिला आफुले प्रक्रिया बुझेर मात्र ति बुँदालाई सार्वजनिक गर्ने बताए ।

‘राष्ट्रिय फिल्म अवार्ड , राष्ट्रिय चलचित्र नीति र बक्स अफिसलाई यथासिघ्र कार्यन्वयन गराउँन लाग्नेछु ।’ उनले गत दुइ वर्षयता हुन् नसकेको अवार्ड यसै वर्ष सम्पन्न गर्ने समेत प्रतिवद्धता जाहेर गरे । साथै उनले फिल्मकर्मी माँझ आफुलाई अतिथिको रुपमा कमै बोलाउन आग्रह गरे । ‘विशेष गरि अफिस टाइममा म मेरो सम्पूर्ण समय बोर्डलाई नै दिनेछु’ उनले भने ‘अफिस बाहेकको समयमा मात्र फिल्मीकार्यक्रममा सहभागी हुनेछु ।’ उनलाई स्वागत गर्न फिल्मकर्मी स्थित बोर्डका पदाधिकारीको उपस्थिति रहेको थियो । निवर्तमान बोर्ड अध्यक्ष निकिता पौडेलले राजिनामा दिएपछि रिक्त रहेको उक्त पदपूर्तिका लागि सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन मांग गरेको थियो ।

कमेन्ट गर्नुहोस्