फिल्म । विश्व प्रसिद्ध अवार्ड अस्कर एक समारोह बीच प्रदान गरिएको छ । अस्कर अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डको पर्खाइ विश्वभरका फिल्मकर्मीलाई थियो । नेपाल सहित यसपटक ८७ देशले अस्करमा फिल्म पठाइएको अस्करको ९१ औं संस्करणमा ग्रीनबुकले बेस्ट फिल्म तर्फको जितेको छ ।
पिटर फेरली निर्देशित यो फिल्मले जाज पियानो बादक र उसको एक सुरक्षा गार्डले गरेको यात्राको कथा भन्छ । निर्देशक विधामा भने रोमाले बाजी जित्यो । मेक्सिन निर्देशक अल्फन्सो कुरान सर्वोत्कृष्ट निर्देशक अवार्ड जित्न सफल भए । रोमाले निर्देशक, छायांकन र विदेशी भाषी फिल्मतर्फ अवार्ड उचाल्यो । यसमा निर्देशकले मेक्सिकोमा विताएको जीवनलाई चित्रण गरेका छन् ।
फिल्ममा राजनीतिक असहिष्णुता र छात्र विद्रोहको समयमा एक परिवारको कथालाई देखाइएको छ । जसलाई निर्देशक अल्फान्सोले आफ्नो बाल्यकालको कथा भनेका थिए । बोहिम्यान र्याप्सोडीले सर्वाधिक चार विधामा अवार्ड जित्न सफल भएको छ भने रोमा र बल्याक प्यान्थरले तीन तीन विधामा अवार्ड उचाले । ब्रिटिस रक ब्यान्ड क्वीनको बायोपिक बोहिम्यान र्याप्सोडीबाट रमी मलिक उत्कृष्ट अभिनेता घोषित भए भने द फेवरेटबाट ओलिभिया कोलम्यान उत्कृष्ट अभिनेत्री बनिन् ।
स्पाइक लीले एडप्टेड पटकथा विधामा ब्ल्याकान्सम्यानबाट अवार्ड जिते । पाँचपटक मनोनयन भएपनि उनले पहिलोपटक अवार्ड उचाले । ओरजिनल स्क्रिनप्ले भने ग्रीनबुकले जित्यो । बल्याक प्यान्थरले कस्ट्युम र प्रोडक्सन डिजाइन विधामा सर्वोत्कृष्ट हुदा लेडी गागाले अ स्टार इनबाट ओरजिनल गीत विधामा अवार्ड जितिन् ।
Best Picture
Greenbook
Best Director
Alfonso Cuaron (Roma)
Best Actor
Rami Malek (Bohemian Rhapsody)
Best Actress
Olivia Colman (The Favourite)
Best Supporting Actress
Regina King (If Beale Street Could Talk)
Best Supporting Actor
Mahershala Ali (Green Book)
Best Cinematography
Roma (Alfonso Cuaron)
Best Foreign-Language Film
Roma (Mexico)
Best Costume Design
Black Panther (Ruth E. Carter)
Best Makeup & Hairstyling
Vice (Greg Cannom, Kate Biscoe and Patricia DeHaney)
Best Production Design
Black Panther (Hannah Beachler and Jay Hart)
Best Documentary Feature
Free Solo (Elizabeth Chai Vasarhelyi, Jimmy Chin, Evan Hayes and Shannon Dill)
Best Sound Editing
Bohemian Rhapsody (John Warhurst and Nina Hartstone)
Best Sound Mixing
Bohemian Rhapsody (Paul Massey, Tim Cavagin and John Casali)
Best Film Editing
Bohemian Rhapsody (John Ottman)
Best Animated Feature
Spider-Man: Into the Spider-Verse (Bob Persichetti, Peter Ramsey, Rodney Rothman, Phil Lord and Christopher Miller)
Best Documentary Short
Period. End of Sentence. (Rayka Zehtabchi and Melissa Berton)
Best Visal Effect
Firstman
Best Live-Action Short
Skin (Guy Nattiv and Jaime Ray Newman)
Best Original Screenplay
Green Book (Nick Vallelonga & Brian Hayes Currie & Peter Farrelly)
Best Adapted Screenplay
BlacKkKlansman (Charlie Wachtel & David Rabinowitz and Kevin Willmott & Spike Lee)
Best Original Score
Black Panther (Ludwig Goransson)
The Original song
“Shallow” (A Star Is Born) (WINNER)
Music and Lyric by Lady Gaga, Mark Ronson, Anthony Rossomando and Andrew Wyatt