मारुनी मुहुर्तमा निर्देशक भन्छन् ‘फिल्ममा दुई सुन्दरीको कथा छ’

फिल्म । केहि समय अगाडी घोषणा गरिएको फिल्म ‘मारुनी’ को मुहुर्त गरिएको छ । राजधानीको कमलादीमा रहेको गणेश मन्दिरमा पुजा गर्दै फिल्मको मुहुर्त गरिएको हो । निर्देशक नवल नेपालले निर्देशनमा तयार हुने फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ । मुहूर्तमा कलाकार, निर्देशक र निर्माताको उपस्थिति थियो । साम्राज्ञी राज्यलक्ष्मी शाह , पुष्प खड्का , डेब्यु गर्ल रेविका गुरुङ , निर्मात्री पुनम गौतम र निर्देशक नेपाल लगायत टिमको उपस्थितिमा मुहुर्त गरिएको हो । मुहुर्तमा साम्राज्ञी निकै उत्साहित थिइन् ।

‘यसमा मेरो क्यारेक्टर बिलकुलाई फरक छ’ साम्राज्ञीले भनिन् ‘यसकिसिमले मन्दिरमै आएर पुजा गर्दै सुरु गरिएको फिल्म पनि पहिलो हो ।’ साम्राज्ञी झैँ पुष्प पनि उत्साहित थिए । ‘मैले नवलसरकै फिल्म मार्फत आफ्नो काम देखाउने मौका पाएको छु’ पुष्प भन्छन् ‘यस फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त छु ।’फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिच्नेछन् ।

काठमाडौं र बाँके लगायतका स्थानमा फिल्म खिचिनेछ । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै साइएरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । लेखक गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्ममा पुनमसँगै अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्