ऋतिकको फिल्म जुलाईमा

फिल्म । अन्तत ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ को रिलिज मिति तय भएको छ । बारम्बार रिलिज डेटमा हेरफेर गरिरहेको टिमले जुलाई २६ मा फिल्म रिलिज गर्ने तय गरेको छ । पछिल्लो समय जनवरी २५ मा फिल्म रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्निका’ रिलिज हुने भएपछी ऋतिकले नै फिल्मको देत अगाडी सरेका थिए । यति मात्र नभई फिल्मका निर्देशक बिकास बहल मिटुमा मुछीएपछी उनलाई निर्माण टिमले निकालेका थिए ।

त्यसपछी उक्त स्थानमा अर्का निर्देशक कबिर खानलाइ राखिएको चर्चा पनि नचलेको होइन । तर हालै निर्माण टिमले आफ्नै पोस्टप्रोडक्सनमा भएका व्यती मार्फत नै फिल्म पुरा गरिरहेको जनाएको छ । तथापी उक्त प्रोडक्सन हाउसको नेक्स्ट फिल्मलाई निर्देशन गर्ने तयारीमा रहेका कबिरले नै फिल्मको फाइनल कट निकाल्न सहयोग गरिरहेको खबर पनि बाहिर आइरहेको छ । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । गत वर्ष ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् ।

कमेन्ट गर्नुहोस्