बधाई छ : संजोग र वर्षाको विवाह फेब्रुअरीमा

फिल्म । अन्तत अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन् । लामो समय देखि प्रेममा रहेका यी दुईको विवाहको प्रसंग उठ्दै आइरहेको थियो । पछिल्लो समय विवाह गर्ने चर्चा चलिरहदा यी दुईले नै आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत विवाहको डेट सार्वजनिक गरेका हुन् । प्रेम दिवसको रुपमा मनाइने दिन अर्थात् फेब्रुअरी १४ मा यी दुईले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गर्नेछन् । वर्षाले नाई न भन्नु ल सिरिज मार्फत फिल्मनगरीमा डेब्यु गरेकी हुन् भने संजोगले फिल्म उत्सव मार्फत ।

 
View this post on Instagram
 

🙏🏽

A post shared by Barsha Raut (@iambarsharaut) on

कमेन्ट गर्नुहोस्