निकेश भन्छन् ‘सुरज दाई र मिलनको कारण फिल्ममा आए’

फिल्म । पछिल्लो समय निकेश लिम्बु नेपाली फिल्मको लागि परिचित नाम बनिक्सकेका छन् । फिल्म हसियाँ मार्फत सह निर्माताको रुपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा आफुलाई अगाडी बढाउदैछन् । धरान निवासी निकेश दुई दशक यता बेलायतमा बसोबास गर्छन । पेशाले ब्रिटिस आर्मी भएता पनि निकेशको झुकाव भने साहित्यका विभिन्न विधामा छ । उनले निर्माण गरेको फिल्म रातो घरले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ब्लाइन्ड रक्समा उनले आफ्नो दुई वटै आँखाको ज्योति गुमाएकी दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीलाई उतारेका थिए । यिनै निकेश पछिल्लो समय भने फिल्म ‘हृदय भरी’ मा निर्माताको रुपमा छन् । पछिल्लो समय यसै फिल्मको लागि नेपाल आइपुगेका निकेशसँग जय होस् डटकमले कुराकानी गरेको छ ।

फिल्मी मोह निकेश सानो देखि नै फिल्म हेर्ने गर्थे । विशेष त उनलाई सोसल ड्रामा जनरको फिल्म मन पर्छ , तर उनलाई त्यो बाल्यकालमा थाहा थिएँन । ‘मैले धेरै फिल्म हेरेकोछु’ निकेशले बाल्यकाललाई सम्झिदै भने ‘तुलसी घिमिरे त्यसबेला मलाइ मन पर्ने निर्देशक उँहाको धेरै फिल्म हेरेको छु ।’ लाहुरे , दुई थोपा आँशु , कोसेली , दक्षिणा , दर्पण छायाँ लगायतका फिल्म उनका प्रिय छन् । सायद त्यहि बाल्यकालबाट फिल्मको नजिक पुगिसकेका थिए , उनि । बिस्तारै बढ्दै गएपछि उनि ब्रिटिस आर्मीमा भर्ना भए , तर पनि उनको लगाव फिल्मसँग कहिँ कतै भने थियो नै ।

फिल्ममा प्रवेश निकेशले फिल्म प्रवेशको श्रेय भने दाइ सुरज सुब्बा नाल्बो र बेस्ट फ्रेन्ड मिलन चाम्सलाई दिन्छन । ‘मलाइ राम्रो फिल्म निर्माण गरौ भन्ने लाग्थ्यो तर यसक्षेत्रमा प्रवेश गराउने श्रेय भने सुरज दाइ र मिलनलाई जान्छ’ निकेश भन्छन् ‘राजकुमार राइजी पनि मिल्ने साथी यसैले गर्दा उहाहरुकै कारण पनि फिल्मनगरीमा छु ।’मलाइ हँसियामा अफर आयो त्यहाबाट सुरुवात गरे र अहिले त्यसैको निरन्तरताको रुपमा छु । रातो घर पनि कथा मन पर्यो , राम्रो लाग्यो । कहिँ कतै हाम्रै समाजको कथालाई देखे अझै हामी त पूर्वेली भएकोले पनि त्यसलाई पर्दा मार्फत सचेतनाको रुपमा पनि ल्याउनु पर्छ भन्ने लाग्यो किनकी हामीले हेरेर धेरै कुरा सिक्छौ ।

ब्लाइन्ड रक्स निर्माण

मलाइ मन पर्ने जनर चाही ब्लाइन्ड रक्स जस्ता फिल्म हुन् । मलाइ बायोपिक र रियल कन्टेन बेस्ड फिल्म मन पर्छ । मैले सृष्टि केसी बहिनिको स्पिच सुने , जसले मलाइ छोयो । उनि आफै आँखाको ज्योति गुमाएकी छिन तर उनि अरुलाई प्रेरेना दिन्छिन् , यसले मेरो मन छोयो । त्यसपछि मिलनसँग सल्लाह गरेर मैले फिल्म निर्माण गरेको हु । नेपालमा हाम्रो सोच अनुसारको फिल्म हुन् सकेन तर युकेमा २५ भन्दा बढी सो भईसकेको छ भने अन्य देशमा पनि राम्रो मांग र रेस्पोन्स पाए । हामी बाहिर हुनेलाई रेगुलर फिल्मको तुलनामा कन्टेन बोकेको फिल्म मन पर्छ , यसैले मेरो फिल्म ब्लाइन्ड रक्स राम्रो भयो ।

नेपाली फिल्मको लागि युकेको बजार

बेलायतमा बसोबास गर्ने निकेश निर्मातासँगै राम्रो दर्शक पनि हुन् । उनले आफ्नो फिल्म त राम्रोसँग चलाए तर समग्रमा मार्केट कस्तो छ त ? उनि भन्छन् ‘फिल्म राम्रोसँग रिलिज गर्नुपर्छ ।’ उनले आफ्नो फिल्म स्काई सिनेमासँग जोडेर फिल्मलाई प्रदर्शन गरे । उनि भन्छन् ‘फिल्म राम्रोसँग प्रदर्शन गर्नु पर्छ , हलमै प्रदर्शन गर्ने सके चाम बढ्छ त्यसमै दर्शक आकर्षित हुन्छन ।’ उनले फिल्मलाई हलमै देखाउन थालेपछि दर्शकले चासो लिने बताए । ‘विदेशमा हामीलाई नेपालको समिक्षासँगै स्थानीय अडियन्स रिभ्यु महत्वपूर्ण हुन्छ’ निकेश भन्छन् ‘फिल्म राम्रो छ भन्ने प्रचार बढेपछी शो बढ्न थाल्छ ।’

हृदय भरीमा आबद्धता

निकेश पछिल्लो समय जोडिएको फिल्म हो ‘हृदय भरी’ । गत सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्मको कथावस्तु मन परेर आफु प्रस्तुतकर्ताको रुपमा रहेको उनले बताए । ‘सुरजदाइसँग पहिला पनि काम गरिसकेको थिए , मलाइ प्रस्ताव आयो र कथा निकै मन पर्यो’ निकेश भन्छन् ‘मैले सबै जनरको फिल्म गरे लभ स्टोरी बाँकी थियो जसलाई हृदय भरीले पुरा गर्यो ।’ फिल्म प्रति उनि निकै विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्