एक्सनले टिकेका निखिल

एक्सन स्टारको त्याग समेत पाइसकेका अभिनेता हुन् निखिल उप्रेती । उनले डेब्यु फिल्म ‘पिंजडा’ मै गरेको एक्सन मार्फत स्थापित नै हुन् पुगे । त्यसपछिका दिनमा उनको व्यस्तता यति धेरै बढ्यो कि उनले संख्या त बढाए तर गुणस्तरीयता बढाउँन सकेनन् । तर यसलाई निखिल आफुले नाई भन्न नसकेको बताउछन । ‘मैले अभिनय गर्दा कसैको फिल्मको लगानी सुरक्षित हुन्छ भने मैले किन नाई भन्ने सोचाई थियो मेरो’ निखिल भन्छन ‘मैले सकेको फिल्ममा अभिनय गरे , दिनमै तिन फिल्म सम्मको छायाँकन गरे ।’

 

 मुम्बई बसाईपछी कमब्याक भएका निखिल आफ्नो डेब्यु फिल्मको सिक्वेलमा सक्दो मेहनत गरेको बताउछन् । निखिलले यसपटक पनि एक्सनमा सक्दो मेहनत गरेको बताए । ‘मैले सक्ने मेहनत गरेको छु’ निखिल भन्छन ‘फिल्मका निर्देशकनै द्वन्द निर्देशक भएको र मेरो परिचय पनि एक्सन स्टारको भएकोले मेहनत जरुरि पनि थियो ।’

 
कमेन्ट गर्नुहोस्