‘अब क्यारेक्टर देखिनु जरुरि छ’ अनमोल केसी

फिल्म । अनमोल केसी यो पुस्ताका सर्वाधिक पपुलर कलाकार हुन् । उनलाई हेर्न मात्र भएपनि दर्शकको भिड फिल्म हलमा देखिने गरेको छ । फिल्म ‘होस्टेल’ मार्फत फिल्मनगरीमा एक्टरको रुपमा डेब्यु गरेका अनमोलले त्यसपछी जेरी , ड्रिम्स र गाजलुमा पनि लभर ब्वाईकै रुपमा आफुलाई प्रस्तुत गरे । ति फिल्ममा अनमोलको अभिनयको चर्चा त भएँन तर कलेक्सन गरेको ब्यापारको चर्चा भने धेरै नै भयो । तर पछिल्लो फिल्म ‘कृ’ मार्फत आफुलाई एक्सन अवतारमा प्रस्तुत गरेका अनमोल रिलिजको क्रममा रहेको फिल्म ‘क्याप्टेन’ मा फुटवलरको भूमिकामा छन् । चकलेटी अनुहारमै दर्शकको मन जित्दै आएका अनमोलले आखिर किन गरे त , क्यारेक्टरमा चेन्ज ? यस जिज्ञाषामा उनि भन्छन् ‘एकै किसिमको भूमिकाले दर्शकलाई मोनोटोनस हुन् , सक्छ त्यसैले आफुलाई परिवर्तित रुपमा दर्शकमाँझ प्रस्तुत गरेको हु ।’

फागुन १७ मा रिलिज हुने फिल्म क्याप्टेनको प्रचारप्रसारमा व्यस्त अनमोलले कृ फिल्मका लागि झन्डै एकवर्ष बढी मेहनत गरेका थिए । क्याप्टेनको लागि पनि उनले एन्फा ग्राउण्डमै पुगेर झन्डै तिन महिना फुटवल सिके । ‘मैले फुटवल खेलेको थिइन् , तर हेर्न चाही धेरै नै हेर्थे’ अनमोल भन्छन् ‘फुटवल सिक्दा गाह्रो त भयो तर म भित्र भएको सिकाइको प्यासले आफुलाई राम्रो खेलाडी बनाएकी भन्ने छ ।’ उनलाई उनकै पिता तथा फिल्मका निर्माता भुवन केसी र लेखक तथा निर्देशक दिवाकर भट्टराईले तिन महिनाको समय मात्र दिएका थिए । ‘हामीसंग श्रोत साधन निकै कम छ , त्यसैले हामीले अनमोललाई सिमित समय मात्र दिन सक्यौ’ भुवनले सिमित समय दिनुको कारण खुलाउदै भने ‘हाम्रो श्रोत साधनले फुटवलको फिल्म बनाउनु थियो , त्यसैले हामीले खेलाडी देखि विभिन्न उपब्ध पूर्वाधारलाई मिलाउनु पर्ने भएकाले समय कम भएको हो ।’

दिवाकरले पनि फिल्म टेक्निसियनसंगै फुटवलरको पनि समय मिलाउनु पर्ने भएकाले अनमोललाई समयको पावन्दी लगाएको बताए । बार्सिलोनाका लियोनल मेस्सीको फ्यान अनमोलले कृ पछी आफुले दर्शकलाई फरक फरक टेस्टको फिल्म दिने योजना बनाएको बताए । ‘मलाई अनमोल भन्दा पनि क्यारेक्टर देखिन जरुरि छ जस्तो लाग्यो’ अनमोल भन्छन् ‘यसपटक हिरो भन्दा पनि नेशनल हिरो बनौ भन्ने लागेर फुटवलरको भूमिका रोजेको हु ।’उनले सोचे फुटवल सोचे तर उनलाई त्यो सहज थिएन । उनले दिनभर जसो नै खेलाडीको रुपमा मैदानमा कुद्नु पर्थ्यो , त्यो क्रममा झन्डै उनि १० देखि १२ केजी घटे पनि । तर उनले आफुलाई फुटवलर देखाउन भरपुर कोसिस गरेको बताएका छन् ।

‘म कति सफल भए यो त फागुन १७ पछी नै थाहा हुन्छ तर मैले कोसिस भने पुरा गरेको छु’ अनमोल भन्छन् ‘फिल्ममा फुटवल मात्र होइन फ्यामिली ड्रामा , लभ स्टोरी सबै छ ।’ निर्देशक भट्टराई त अनमोलको यसमा अहिलेसम्मकै बेस्ट लभ स्टोरी रहेको बताउछन् । ‘अनमोल फुटवलर त देखिएका छन् नै साथै उनको लभ स्टोरी पनि बेस्ट छ’ उनले फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिने बताए । फिल्ममा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् । अनमोल अभिनित अघिल्ला फिल्मबाट पनि अभिनेत्रीहरुले डेब्यु गरेका थिए । फुटवलरको कथा देखाइएको फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्