हमालले सम्मान गरे संगीतकार दीपकलाई

फिल्म । विदेशी भूमिमा रहेता पनि नेपाली गीतसंगीतमा आफ्नो उपस्थिति देखाउदै आएका संगीतकार दीपक भट्टराईलाई जापानमा रहेको संस्था ‘नेपाली साझा समाज’ ले एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । गीतसंगीत मार्फत योगदान पुर्याएको ठहर गर्दै उक्त संस्थाले सम्मान गरेको हो । दीपकलाई कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमालले सम्मान गरेका थिए ।

मोरङ स्थित इटहरी निवासी दीपक केहि समय यता जापानमा बस्दै आइरहेका छन् । झन्डै संगीतमा दुई दशक विताई सकेका दीपकको एकल संगीतमा आठ एल्बम सार्वजनिक भइसकेका छन् । उनले दुई सय बढी गीतमा संगीत दिईसकेका छन् भने क्लासिकल, सेमी-क्लासिकल र आधुनिक तर्फको संगीत विधामा उनको धेरै चर्चित गीतहरु छन् । टाढा टाढा नजाउ तिमी,किन हो किन मन उडी गयो, झिलमिल झिलमिल,हिट हिट गीत, पहिलो भेटैमा लगायत पछिल्लो समय रुचाइएका गीत हुन् ।

कमेन्ट गर्नुहोस्