गोपी टिमलाई गोकर्णको निम्तो

फिल्म । माघ १८ बाट प्रदर्शनमा आउने फिल्म ‘गोपी’ पछिल्लो समय चर्चामा छ । स्वदेशमै केहि गर्नु पर्छ भन्ने स्वरोजगारीको कथा बोल्ने फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा बोल्किएका संवादले युवालाई विदेश मोह त्यागेर स्वदेशमै केहि गर्न उत्प्रेरित गर्छ । ‘अमेरिका त म जादिन , जे गर्छु यहिँ गर्छु , गाइ पाल्छु’ अभिनेता विपिन कार्कीले ट्रेलरमा बोलेको यस्तै संवादबाट प्रभावित भइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले गोपी टिमलाई भेटवार्ताको लागि बोलाएका छन् । लेखक समिप्याराज तिमल्सेनाले मंगलवार भेट्न निम्तो आएको बताए । ‘हाम्रो कन्टेनलाई रुचाएपछी टिमसँग सम्पर्क गर्नु भएको हो’ लेखक तिमल्सेनाले भने ‘पछिल्लो समय फिल्मले पाइरहेको रेस्पोन्सले उत्साहित छौ ।’

आरोही केसीद्वारा निर्मित फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् । यसमा विपिन कार्की , वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । यसमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि. कार्कीको छायांकन , निमेष श्रेष्ठको सम्पादन रहेको छ भने यसको कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्