अक्षय होइन अर्कै बलिउड स्टारसँग काम गर्दैछन् शंकर

फिल्म । साउथ इन्डिया मात्र नभई बलिउडमा समेत आफ्नो कमाल देखाउन सफल निर्देशक शंकरले नयाँ फिल्मको तयारी थालेका छन् । रोबर्ट र २.० निर्देशन पश्चात उनि विश्वभर परिचित छन् । सन् १९९३ मा फिल्म जेन्टलम्यान मार्फत निर्देशनमा डेब्यु गरेका शंकरले साउथ स्टार कमल हसनसँग ‘इण्डियन २’ को शुटिङ सुरु गर्दैछन ।

उनले ‘२.०’ पछी गर्ने भनेको उक्त फिल्मपछी साइन्स फिक्सन फिल्म बनाउने तयारी समेत गरिरहेका छन् । उनले यसको लागि बलिउडका कृष स्टार ऋतिक रोशनसँग हात मिलाएका छन् । ऋतिकसँग काम गर्ने ईच्छा रहेको बताउने शंकरले यसलाई पनि महँगो बजेटमा निर्माण गर्दैछन् । बलिउड फिल्म पारखी माँझ कृषको उपनामले सुपरहिरो बनेका ऋतिकलाई लिएर शंकरले त्यस्तै किसिमको फिल्म बनाउने सोचेका छन् ।

उनले ‘२.०’ मा लिएका कलाकार अक्षयसँग फिल्म गर्नेछन भन्ने अनुमान बलिउडले लगाएको थियो तर शंकरले मौखिक सहमति गर्दै स्क्रिप्टको फस्ट ड्राफ्ट समेत ऋतिकलाई दिईसकेका छन् । उनले सन् २००१ मा बलिउडका कलाकार अनिल कपूरलाई लिएर नायक फिल्म निर्देशन गरेका थिए , जसले निकै चर्चा पाएको थियो । ऋतिकसँग फिल्म गर्ने मनसाय बनाएका शंकरसँग अक्षयका फ्यान भने रिसाएका छन् ।

कमेन्ट गर्नुहोस्