‘सारथी’ बाट आयो ‘मयाली’

फिल्म । नेपाली फिल्म ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ। गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। प्रशान्तकै शब्द तथा संगीत रहेको गीत प्रेमकथामा आधारित छ। कविराज गहतराजको निर्देशनमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरि विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य देख्न सकिन्छ। भिडियोको छायांकन गोपाल रायाले गरेका हुन्।

गीतमा बाँसुरी रत्न बिक, सारंगी मनीष गन्धर्व, मादल पोषण मगर र गितार पुरस्कार खड्काले बजाएका छन्। गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मुम्बईको साउन्ड कोका समिकले गरेका छन्।

कुमार गजुरेलको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ११ गते प्रदर्शन हुँदैछ। फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका हुन्।

फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। त्यस्तै, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर रहेका छन्।

संकल्प भुजेलको छायांकन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्। राजु खतिवडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्म मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ।

कमेन्ट गर्नुहोस्