‘आ बाट आमा २’ लाई दर्शकको साथ

फिल्म । बडादसैँको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ले देशभर दर्शकको साथ पाएको छ । फिल्म हेर्ने दर्शकले आमा र छोराको कथालाई रुचाएका छन् । फिल्म हेरेर निस्किने दर्शकले फिल्ममा कलाकारले राम्रो काम गर्नुका साथै विषयवस्तुले आँखा रसाएको प्रतिक्रिया दिएका छन् ।

फिल्मका निर्देशक चन्द्र पन्तसँगै कलाकारहरू दर्शक भेट्न उपत्यकाका विभिन्न हलमा पुगिरहेका छन् । फिल्म हेरेपछि आफ्नो अगाडि कलाकार पाउँदा दर्शकले खुसी हुँदै धन्यवाद दिएका छन् । ‘हामीले पाएको प्रतिक्रिया निकै गज्जब छ, हामीलाई विश्वास गरेर फिल्म हेर्न आएका दर्शक सन्तुष्ट भएका कारण हामी झन् खुसी भएका हौँ’, निर्देशक पन्तले भने ।

फिल्म हेर्ने दर्शक खुसी हुँदै हलबाट फर्किएका छन् । फिल्ममा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ। पारिवारिक सम्बन्ध, आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रेमलाई मुख्य विषय बनाइएको ‘आ बाट आमा २’ ले राम्रो सुरुआत गरेको छ ।

कमेन्ट गर्नुहोस्