सामाजिक सञ्जालको विषयमा ‘भाइरल गोर्खे’

फिल्म । कमेडी जनरामा निर्माण हुने फिल्म ‘गोर्खे’ को शुभमुहुर्तसँगै छायांकन सुरू गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) फिल्मका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले क्यामेरा पुजा गर्दै छायांकन सुरू गरेका हुन् । सामाजिक सञ्जालले केही समय यता समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको विषयलाई समेटेर तयार गरिएको कथाले दर्शकलाई नयाँ स्वाद दिने अभिनेता मल्लले बताए ।

‘सामान्य विषयको प्रस्तुतीकरण गज्जब लागेर टिमसँग जोडिएको हुँ । म जस्तै दर्शकलाई पनि कथा मन पर्छ भन्ने लागिराछ’, अभिनेता मल्लले भने । फिल्ममा अभिनेत्री गिरी उनको आमाको भूमिकामा छिन् । फिल्ममा सृष्टि श्रेष्ठ, वुद्धि तामाङलगायतका कलाकारको पनि मूख्य भूमिका छ । फिल्ममा अमर महर्जनको छायांकन रहनेछ ।

कमेन्ट गर्नुहोस्