फिल्म । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ को टिजर सार्वजनिक गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो ।
१ मिनेट ५७ सेकेन्ड लामो टिजरमा अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ । टिजरमा पार्वतीको भूमिकामा नीता ढुङ्गाना र उनका भाइको भूमिकामा अशोक दर्जीलाई प्रस्तुत गरिएको छ । दिदी-भाइको आत्मीय सम्बन्धले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको टिजरले फिल्मप्रति उत्सुकता पनि बढाएको छ। टिजर सम्पादन साहिल खानले गरेका हुन् ।
यसअघि सार्वजनिक गरिएको फिल्मको रत्यौली गीत ‘नौतुना रेलैमा’ ले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ। फिल्ममा नीता ढुङ्गाना, अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा तथा निर्देशन नीता ढुङ्गानाले गरेकी हुन् भने पटकथा शिवम् अधिकारीले लेखेका छन्। सुदीप बराल डीओपी रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे र निर्माता हरिहर अधिकारी हुन्। सम्पादन तथा टिजर-ट्रेलर निर्माणको जिम्मेवारी साहिल खानले सम्हालेका छन्।
फिल्मका गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द तथा दीपक शर्मा, बाबुल गिरी, प्रशान्त सिवाकोटीलगायतको संगीत रहेको फिल्ममा संगीत संयोजन, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले फिल्मको वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।










