गीता अधिकारीलाई सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत) अवार्ड

सङ्गीत । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत) अवार्ड प्रदान गरिएको छ। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)को नवौं संस्करणमा उनले ‘माटोको सुगन्ध’ गीतमार्फत उक्त अवार्ड प्राप्त गरिन् । सोही गीतका लागि सिक्किमका जीवन शर्मालाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरिएको थियो ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्