सङ्गीत । गायिका शाकिराको पछिल्लो गीत ‘दाई दाई’ यतिबेला विश्वव्यापी चर्चामा रहेको छ । विश्वकप फुटबल २०२६ का लागि तयार गरिएको यो गीत उनले बर्ना ब्वायसँगको सहकार्यमा सार्वजनिक गरेकी हुन् ।
प्रतिष्ठित संगीत म्यागजिन बिलबोर्डले ‘दाई दाई’ लाई अहिलेसम्मकै उत्कृष्ट विश्वकप गीतका रूपमा उल्लेख गरेको छ । म्यागजिनले आफ्ना पाठकमाझ गरेको सर्वेक्षणमा गीतले ३१.२८ प्रतिशत मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो । यसअघि शाकिराकै चर्चित गीत ‘वाका वाका’ दोस्रो स्थानमा परेको छ ।
फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको ‘दाई दाई’ लाई समर्थकहरूले सर्वाधिक रुचाएको बताइएको छ । खेलकुदको एकता र उत्साहलाई समेट्ने गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सी जस्ता फुटबलका महान् खेलाडीहरूको नामसमेत उल्लेख गरिएको छ ।










