विल्सनले ल्याए ‘फुर्के नम्बर १’

सिरिज । लोकप्रिय हास्य सिरिज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा पुनः दर्शकमाझ आएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरिज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’मार्फत प्रसारण भइरहेको छ । निर्माण पक्षका अनुसार यस साताको नयाँ एपिसोड अघिल्ला भागभन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुनेछ । विशेषगरी यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा प्रस्तुत गरिएको छ ।

दार्जिलिङबाट चर्चामा आएका ‘राइजिङ ब्वाइज’ समूहका अमित सुब्बा ‘भक्क्ते’ तथा कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली, सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ, यस शृङ्खलाका मुख्य आकर्षणका रूपमा रहनेछन् । साथै, सिक्किमका बहुप्रतिभाशाली क्यारिकेचर कलाकार सुरज र प्रविन गुरुङको पनि अभिनय रहने जनाइएको छ ।

सिरिजमा नेपालका स्थापित कलाकारहरू कविता आले, बुधी तामाङ, रबिन्द्र झा, रजनी गुरुङ र उदय सुब्बाको अभिनय रहेको छ। प्राविधिक टोलीमा विक्रम डीसी (छायाङ्कन), रविन्द्र खड्का (सम्पादन) र निपेश राई (सह–निर्देशन) रहेका छन्। सिरिजको यो नयाँ प्रयोगले दर्शकलाई फरक स्वाद दिनेमा निर्मात्री सरीना लामा (राई), डी.बी. राई तथा सम्पूर्ण निर्माण टिम विश्वस्त देखिएको छ।

कमेन्ट गर्नुहोस्