फिल्म । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेसँगै फिल्मको छायांकन तयारी तीव्र बनाएको छ । फिल्ममा अभिनेता जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य रहनेछिन् । निर्माण पक्षका अनुसार फिल्म नेपालको पूर्वी जिल्ला धनकुटामा छायांकन गरिनेछ।
निर्देशक बस्नेतले कथाअनुसार धनकुटाका विभिन्न स्थानमा छायांकन गर्ने योजना रहेको बताए । फिल्ममा जितु नेपाल र प्रियना आचार्यसँगै सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायत कलाकारको अभिनय रहनेछ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बालकुमार राई हुन्। कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापा, छायांकन डम्बर राई, द्वन्द्व निर्देशन किरण दाहाल, संगीत दिप्सन लिम्बु तथा प्रोडक्सन सिबी भण्डारी रहनेछन्।










