सङ्गीत । पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ । समारोहमा अभिनेता धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरिएको छ । आयोजित समारोह स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्टको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता निर्देशक दिनेश डीसीलाई ‘इन्टरटेन्मेन्ट किङ’ सम्मान प्रदान गरिएको छ । उनले नेपाली फिल्म र टेलिभिजन क्षेत्रमा गरेको दीर्घकालीन योगदानका लागि सम्मान पाएका हुन् । गायक आनन्द कार्कीलाई ‘मेलोडी सम्मान’ प्रदान गरिएको थियो भने अग्रज अभिनेत्री तथा निर्माता–निर्देशक रोशनी केसीलाई ‘फिल्मकर्मी रजत सम्मान’ प्रदान गरियो । अभिनेता गजित बिष्टलगायत अन्य व्यक्तित्वहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
समारोहमा पत्रकारिता र फेसन कोरियोग्राफी विधामा पनि अवार्ड प्रदान गरिएको छ । मल्टिमिडिया जर्नालिस्ट अवार्ड सरिता भारतीले प्राप्त गरिन् भने फेसन कोरियोग्राफर अफ द इयर अवार्ड अश्विनी कान्त झालाई प्रदान गरियो ।
उत्कृष्ट गीतकार (डायस्पोरा): ईशन ढकाल – ‘पहिलो प्रेम’
उत्कृष्ट गीतकार (आधुनिक): देवेन्द्र आचार्य – ‘सजाय काफी हुँदैन’
लिरिकल म्युजिक भिडियो अवार्ड: पारस मणि बराल – ‘के गर्ने के गर्ने’
अन्तर्राष्ट्रिय संगीत संयोजक: निशाद चन्द
उत्कृष्ट आधुनिक संगीतकार: सुशील विश्वकर्मा – ‘भुतुक्कै भएनी’
उत्कृष्ट संगीत निर्देशक: दीपक तिरुवा – ‘तिम्रै लागि’
उत्कृष्ट गायक (डायस्पोरा): निता आचार्य
गायक (लोक दोहोरी): प्रमोद शर्मा र शर्मिला बरदेवा – ‘खै त मायाले कुरा बुझेको’
आधुनिक गायिका: माधवी अर्याल – ‘काफल गेडी’
आधुनिक गायक: प्रचण्ड बाबु राई – ‘यो मायाले’
लोकपप उत्कृष्ट गायक: सुमन रेग्मी – ‘चिसो चिसो हावामा’
लोकपप गायिका: मिलन अमात्य – ‘सुनसान रातमा–२’
उत्कृष्ट मोडल (पर्व गीत): योगेश भण्डारी – ‘दशैं आयो’
उत्कृष्ट मोडल (लोक दोहोरी): लोसिना लमिछाने – ‘आकाश का’
उत्कृष्ट आधुनिक महिला मोडल: प्रिया रानी लामा – ‘विश्वासको घर’
उत्कृष्ट आधुनिक पुरुष मोडल: सुधीर श्रेष्ठ – ‘काश्मिरे गम्छा’
पप उत्कृष्ट महिला मोडल: प्रिज्मा खतिवडा – ‘बेरंग…’
नृत्य निर्देशन: दिलिप ओखेडा – ‘पैसा चाहिन्छ…’
भिडियो निर्देशन जूरी अवार्ड: सुब्रत आचार्य – ‘गाजलु ती ठूला ठूला आँखा…’
उत्कृष्ट भिडियो निर्देशक: सुनिल बीके – ‘पुतली…’
पप डेब्यु अवार्ड (पुरुष): सुरेन्द्र दियाली – ‘सम्हालेर राखेको छु…’
आधुनिक डेब्यु अवार्ड: अनिमेष गुरुङ – ‘ओ भावना…’
उत्कृष्ट मोडल डेब्यु (महिला): आकृति बस्नेत
डेब्यु जूरी (पुरुष): मनीष गौतम
डेब्यु महिला अवार्ड: अन्विशा खड्गी
उत्कृष्ट प्रोडक्सन म्यानेजर: निर्मल न्यौपाने
उत्कृष्ट छायाँकार (डायस्पोरा): राजीव आचार्य – ‘पहिलो प्रेम’
उत्कृष्ट सम्पादक: राजु जंग बस्नेत – ‘सुनसान रातमा २’
उत्कृष्ट छायाँकार: दिनेश पराजुली – ‘लाहुरेले लैना केरे’
उत्कृष्ट बाल कलाकार (पुरुष): रिदम जटाल
उत्कृष्ट बाल कलाकार (महिला): परिना भण्डारी
आशावादी बाल कलाकार: आहाना श्रेष्ठ












