केकी र सुलक्षणको सहकार्यमा ‘पेट्रोल पम्प’ बन्ने

फिल्म । ‘बोक्सीको घर’ फिल्म निर्माण गरेका केकी अधिकारी र सुलक्षण भारती नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । उनीहरूको सहकार्यमा नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माण हुने भएको छ । अभिनेत्री अधिकारीले उपयुक्त समय र विषय भेटिएपछि नयाँ परियोजना अघि बढाइएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

‘हामीले रोचक प्रोजेक्ट र समय मिले पुनः सहकार्य गर्ने कुरा गरेका थियौँ । त्यही समय अहिले ‘पेट्रोल पम्प’ मार्फत आएको छ’, अभिनेत्री अधिकारीले भनिन् । उक्त फिल्मको निर्देशन सुलक्षण भारतीले गर्नेछन् । फिल्मको लेखन निर्देशक भारतीकै रहेको छ भने अभिनेत्री अधिकारी निर्मात्रीको रुपमा जोडिएकी छिन् ।

सामाजिक विषयवस्तुमा आधारित (सोसल ड्रामा) फिल्म ‘पेट्रोल पम्प’ विसं २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । फिल्मका कलाकार र प्राविधिक टिमबारे भने निर्माण पक्षले हाल खुलाएको छैन ।

कमेन्ट गर्नुहोस्