‘रश्मिलाज फेसियल हाउस’ को नयाँ शाखा सञ्चालनमा

सौन्दर्य । रश्मिलाज फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसरमा काठमाडौँको छैटौँ शाखा सञ्चालनमा आएको छ । बिहीबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले रिबन काटेर नयाँ शाखाको उद्घाटन गरे ।दुई दशकभन्दा बढी समय अमेरिका बसेकी समी रेग्मी अधिकारीको पहलमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले हात्तिगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएका हुन् ।

बोर्डका अध्यक्ष डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्दै आएको फेसियल हाउसको सेवाबाट आफू लामो समयदेखि प्रभावित रहेको बताए । अभिनेत्री हमालले पनि काठमाडौँ मलस्थित शाखाबाट आफूले सेवा लिँदै आएको बताउँदै छैटौँ शाखाको उद्घाटनमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । यस्तै, अभिनेत्री तथा निर्देशक निरौलाले नयाँ शाखाको सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउसको सेवाग्राही रहेको बताइन्।

नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ अमेरिका छोडेर नेपाल फर्किएकी समी रेग्मी अधिकारीले हात्तिगौडा शाखामार्फत रश्मिलाज फेसियल हाउसको विस्तारमा आफू संलग्न हुन पाएकोमा खुसी व्यक्त गरिन् । १८औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला सबै शाखामा कार्यरत कर्मचारी, ब्युटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टहरूलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्