सङ्गीत । गायक जयराम घिमिरेको शब्द तथा स्वरमा योग अभ्याससम्बन्धी गीत ‘गरौँ योग’ सार्वजनिक भएको छ । शारीरिक रूपमा स्वस्थ रहन र मानसिक रूपमा आनन्द प्राप्तिका लागि योग नै सर्वोत्तम उपाय हो भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ ।
नियमित योग अभ्यासले शरीर, मन र आत्मालाई एकाकार बनाई मनलाई शान्त र स्थिर राख्न मद्दत पुर्याउँछ भन्ने विषयलाई गीतमा मुख्य प्राथमिकता दिइएको छ । योगको निरन्तर अभ्यासबाट व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक व्यक्तित्व विकास हुन्छ भन्ने कुरालाई गीतमा रोचक ढंगले समेटिएको छ ।
सार्वजनिक गीतमा जयराम घिमिरे र रेणुका खतिवडाको स्वर, जयराम घिमिरेको शब्द रचना र सुफिक्स मदनको सङ्गीत रहेको छ । स्वस्थ जीवनशैलीका लागि योगको आवश्यकतालाई उजागर गरिएको यो गीतले श्रोताहरूलाई योगप्रति आकर्षित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
कमेन्ट गर्नुहोस्












