दोस्रो सातामा ‘परान’

फिल्म । दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । बाबु र सन्तानबीचको सम्बन्धको मर्मस्पर्शी कथावस्तुमा आधारित फिल्मले उत्कृष्ट शो सहित अकुपेन्सी पनि प्राप्त गरेको देखिएको छ ।

फिल्मले सिनेपाः बक्सअफिसमा सुखद कमाइ गरेको छ । प्रदर्शनको छैटौं दिन बुधबारसम्म फिल्मले बक्सअफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । रोचक के छ भने, सकारात्मक ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मको कमाइ विकडेजमा उकालो लागेको देखिन्छ ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायतको शीर्ष भूमिका छ ।शुक्रबारदेखि ‘जारी २’ र ‘मनबिनाको धन’ जस्ता नयाँ फिल्म आउने भएकाले ‘परान’ लाई चुनौती हुन सक्ने देखिन्छ । त्यो चुनौतीसँग कसरी फिल्म भिड्ला, यो रोचक हुनेछ । फिल्मले दोस्रो शुक्रबार देशव्यापी १ सय १९ वटा शो पाएको छ ।

कमेन्ट गर्नुहोस्