जसितासँग नजिकिए अनमोल (गीत)

फिल्म । अभिनेता अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ मा समावेश नयाँ गीत ‘औठी चिनो’ बोलको गीत सार्वजनिक गरिएको छ । यही शुक्रबार (असोज ३१) बाट प्रदर्शनमा आउँने उक्त फिल्मको सार्वजनिक टिजर, ट्रेलर र प्रचार सामग्रीले सिनेम्याटिक फिल्म दिईरहेको सन्दर्भमा नयाँ गीतले लोकप्रियता झनै थप्ने अपेक्षा गरिएको छ ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरू अनमोल र जसिता गुरुङ फिचर्ड छन् । गीतमा राजेश अर्यालको शब्द, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत र एसडी योगीको स्वर रहेको छ । गीतमा अनमोल र जसिता बीच बढ्दो सामीप्यतालाई देखाइएको छ । यसका साथै उक्त फिल्म प्रदर्शनको लागि दुई दिन समय बाँकी रहदा देशभरका मल्टिप्लेक्सले अग्रीम टिकट बिक्री तथा बुकिङ खुलाएका छन् ।

फिल्म ‘जेरीः अन टप’ अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्