फिल्म । नेपाली फिल्मको लोकप्रिय जोडी उत्तम प्रधान र निरुता सिंह पुनः एकसाथ पर्दामा देखिने भएका छन् । निर्माणधीन फिल्म ‘महादशा’ मा उनीहरुले काम गर्न लागेका हुन् । निर्माण पक्षले दुवै कलाकारलाई भव्य स्वागत गरेको छ ।
किरण नेपालीको निर्देशनमा तयार हुने यो फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । कलाकारहरूको घोषणासँगै फिल्मले दर्शकहरूमा थप उत्सुकता जगाएको छ । लेकाली इन्टरटेनमेन्टले निर्माण गर्ने यो फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको पनि अभिनय रहनेछ ।
मनिष गौतमले लेखन गरेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता छन् । यसको छायांकन र अन्य तयारीहरू चाँडै सुरु हुने निर्माण पक्षले बताएको छ ।
कमेन्ट गर्नुहोस्










