‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

फिल्म । प्रदर्शन अगावै चर्चामा रहेको नेपाली फिल्म ‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अस्ट्रेलिया राइट्स अस्ट्रेलियामा रहेका नेपाली उद्यमी राम कार्कीले खरिद गरेका हुन् । व्यवसायिक सफलताका साथै उनी नेपाली कला, संगीत, फिल्म र खेलकुद क्षेत्रलाई पनि उत्तिकै सहयोग गर्दै आएका छन्।

कार्कीले दिएको जानकारीअनुसार यो फिल्म नेपालमा प्रदर्शन भए लगत्तै अस्ट्रेलियाका मुख्य सहरहरूमा पनि रिलिज गरिनेछ । करिब ९ वर्षपछि फिल्ममा कमब्याक गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको यस फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती र दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहने चर्चाले यसलाई थप प्रतीक्षित बनाएको छ ।

कमेन्ट गर्नुहोस्