फिल्म । फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको गीतलाई निर्माण टिमले रिलिज गरेको हो । गीतमा गायक राजेश पायल राई र गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ। यसमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र सञ्जय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी कमल राईले गरेका हुन्।
कुमार केसीको निर्देशन रहेको यस फिल्ममा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायत कलाकारको अभिनय छ। निर्माण पक्षका अनुसार यो गीत र फिल्म दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित छन्।
फिल्मको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। प्रितम मुखिया र अभय अधिकारी निर्माता छन् भने रोहन सेन्चुरी (डम्बर बहादुर विश्वकर्मा) कार्यकारी निर्माता हुन्।
‘मेरो जुत्ता खोइ’ को भिडियो तथा ट्रेलरको कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन्। फिल्मको लडाइँ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। फिल्म छिट्टै देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।










