‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन साउन ३१ मा

फिल्म । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन साउन ३१ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने भएको छ । इच्छुक महिलाले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाइट, आयोजकको शंखमूलस्थित कार्यालय वा अडिसनको दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन् ।

अडिसनबाट छनोट हुने प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् । गंगा महर्जन र सम्राट शाहको संयोजनमा भदौ १८ देखि नियमित तालिम सञ्चालन हुनेछ । विभिन्न विषयका विज्ञले तालिममा सहभागीहरूलाई मार्गदर्शन गर्नेछन् । यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरूको घोषणा गरिनेछ । यस्तै, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् । यसअघि मिसेस वल्र्ड २०२२ मा दिक्षा केसी र २०२३ मा पृथ्वीया थापाले नेपालको प्रतिनिधित्व गरेका थिए । पृथ्वीयाले मिसेस ह्युमनिटरियन उपाधि जितेकी थिइन् । यस वर्ष डेनिला कार्कीले ‘मिसेस वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कमेन्ट गर्नुहोस्