सङ्गीत । गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन् । यो गीतमा बिक्कीको शब्द, सङ्गीत र स्वर छ । भिडियोमा मलिका महत, कुन्साङ बम्जन र पूर्णिका सिजापतिले अभिनय गरेका छन् ।
उक्त गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन छ । विजय दोङले निर्देशन गरेको भिडियोको छायांकन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन् । ‘डर लाग्छ’ मा परम्परागत र आधुनिक सङ्गीतको मिश्रणले भावनात्मक अनुभूति दिन्छ ।
कमेन्ट गर्नुहोस्










