दीपेन्द्रले सुरु गरे ‘क्याप्टेन साब’

फिल्म । नेपाली फिल्म ‘क्याप्टेन साब’को छायांकन शनिवार काभ्रेपलाञ्चोकमा सुरु भएको छ । गएको असार २६ गते गौरीघाटमा शुभमुहूर्त गरिएको यो फिल्मको छायांकन काठमाडौं, चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो ।

पाइलट, व्यवसायी र सञ्चार उद्यमी थापाको जीवनमा आधारित यो फिल्म पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति हो। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षासँग काम गरेका थिए, तर यी तीनजनाको सँगै यो पहिलो सहकार्य हो । दीपेन्द्र र खगेन्द्रले भने विगतमा पनि सँगै काम गरेका छन्।निर्मातामा दीपेन्द्र, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने सिर्जना नापित कार्यकारी निर्माता छिन्। छायांकन कृष्णबहादुर थापाले गरेका छन् ।

निर्देशक खनालले ‘क्याप्टेन साब’ फरक खालको फिल्म हुने बताए । क्याप्टेन थापाको संस्मरण ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा) मा आधारित यो फिल्मले उनको जीवनका उतारचढावलाई सिनेम्याटिक लिबर्टीका साथ मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्