दीपिकाले ‘स्पिरिट’ छोड्नुको वास्तविक कारण बाहिरियो

फिल्म । केही समय यता अभिनेत्री दीपिका पादुकोणले ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्टर फिल्म दिएका निर्देशक संदीप रेड्डी वङ्गाको फिल्म छाडेको विषय चर्चामा छ । दीपिकाले सन्दीपसँगै प्रभासको फिल्मलाई समेत ‘नो’ भनिन् । यसको कारण बारे हालै भारतीय मिडियाले खुलासा गरेका छन् । ‘अवास्तविक सर्तहरू’ दीपिकाले राखेको र सन्दीपको टिमले स्वीकार नगरेको खबरको खण्डन भएको छ ।

भारतीय मिडियाका अनुसार दीपिकालाई संदीप वङ्गाको फिल्मको स्क्रिप्ट र उनको चरित्र निकै मन परेको थियो । सम्झौताको प्रक्रिया चलिरहेको थियो, तर लगभग एक हप्तापछि उनलाई निर्देशक एटलीको अर्को फिल्ममा अल्लू अर्जुनसँग काम गर्ने प्रस्ताव प्राप्त भयो । त्यो स्क्रिप्ट उनलाई ‘स्पिरिट’ भन्दा पनि बढी मन पर्‍यो । दुवै प्रोजेक्ट एकसाथ गर्न सम्भव नभएपछि उनले ‘स्पिरिट’ छोड्ने निर्णय गरेको खबर छ ।

उक्त मिडियाका अनुसार कामको समय वा पारिश्रमिकलाई लिएर उठेका कुनै आपत्तिमा संदीप वङ्गालाई कुनै समस्या थिएन । दीपिकाले केवल राम्रो प्रस्ताव प्राप्त भएपछि आफ्नो प्राथमिकता परिवर्तन गरेको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्