यस्तो छ ‘अवतार: फायर एण्ड एस’ को पहिलो झलक

फिल्म । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार: फायर एण्ड एस’ पाण्डोराको नयाँ कथासहित आउँदैछ । फिल्मले खलनायक पात्र ‘वरंग’ को पहिलो झलकसहित प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म २०२५ डिसेम्बर १९ (पुस ४) मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ । पहिलो ट्रेलर यही शुक्रबार रिलिज हुने अर्को हलिउड फिल्म ‘फ्यान्टास्टिक फोर: फर्स्ट स्टेप्स’ सँगै प्रदर्शन हुनेछ ।

फिल्मको बजेट २५ करोड अमेरिकी डलर (लगभग ३४ अर्ब नेपाली रुपैयाँ) रहेको बताइएको छ । मंगलबार सार्वजनिक पहिलो पोस्टरमा वरंगको अनुहार देखाइएको छ, जसलाई अभिनेत्री उना च्याप्लिनले निर्वाह गरेकी छन् । वरंग माङ्कवान कुल (एस पिपल) को नेता हुन्, जो पाण्डोराको ज्वालामुखी क्षेत्रमा बस्छन् ।

निर्देशक क्यामरुनका अनुसार, वरंगले नेतृत्व गरेको ‘एस पिपल’ आक्रामक र जटिल पात्रहरूको समूह हो, जसले फिल्ममा नैतिक जटिलता थप्छ । फिल्ममा स्याम वर्थिङ्टन (जेक सुली), जो सल्डाना (नेतिरी), सिगोर्नी वीभर (किरी), र स्टिफन ल्याङ (कर्णेल क्वारिच) लगायतका कलाकारहरू फर्किंदैछन् । यो फिल्मले जेक र नेतिरीको परिवारलाई नेटेयामको मृत्युपछिको शोक र नयाँ शत्रु ‘एस पिपल’ सँगको संघर्षमा केन्द्रित हुनेछ ।

कमेन्ट गर्नुहोस्