जोस र तृषालाई ‘द फेस नेपाल भोल्युम ५’ को उपाधि

सौन्दर्य । नेपालको पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को पुरुषतर्फको उपाधि जोस गरेट र महिलातर्फको उपाधि तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा आयोजित फिनालेमा उनीहरूले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको यो प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फर्स्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेन्ड रनरअप, तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप भए।एजेन्सीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडलहरूको प्रतिभा नेपालमै उजागर गर्न र उनीहरूलाई विदेश जान नपरोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।

‘यो शोले नेपालमा मोडलिङको हाइप बढाएको छ, र विजेताहरूले प्राप्त गरेको अवसरले हामी सन्तुष्ट छौँ’, उनले भनिन् । एजेन्सीका संस्थापक सम्शाद शाहले यो प्रतियोगिता मोडलहरूका लागि उपयुक्त मञ्च बनेको बताए ।

कमेन्ट गर्नुहोस्