‘जदौ’ मा ऋचा

फिल्म । अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ को कलाकार लाइनअप थप बलियो भएको छ । निर्माण टिमले हालै अभिनेत्री ऋचा शर्मालाई प्रमुख भूमिकामा अनुबन्ध गरेको छ । यसअघि अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्ध भइसकेका छन् ।

निर्माण टिमका अनुसार केही प्रमुख कलाकारहरूको छनोट बाँकी छ । काजी लिम्बूको लेखनमा बन्न लागेको यो फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्नेछ ।

रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री सहनिर्माता रहेको यो फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । फिल्ममा ऋचा शर्मा अहिलेसम्मकै फरक चरित्रमा प्रस्तुत हुने बताइएको छ । बुद्धि माझीले निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्