फिल्म । साउन २३ बाट रिलिज हुने फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत छ । गीतको भिडियोमा मुख्य नायक पल शाह र नायिका बेनिशा हमालको आकर्षक नृत्य र नोकझोक देखाइएको छ, जसले फिल्ममा उनीहरूको केमेस्ट्री झल्काउँछ ।
भिडियोमा मिथिला शर्मा र बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । यसअघि सार्वजनिक शीर्षक गीतमा पल शाह र नीति शाहको जोडी फिचर गरिएको थियो । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको यो फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा र लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ ।
देउकी प्रथाको कथामा आधारित फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन र लक्ष्मण राज पौडेलको निर्माण नियन्त्रण रहेको फिल्मको टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ ।










