फिल्म । बलिउडका अभिनेता शाहरुख खानले आफ्नो आलिसान महल मन्नत छाडेका छन् । अभिनेता शाहरुख पत्नी गौरी छोराछोरी आर्यन, सुहाना र अबरामसँग भाडाको घरमा बस्न लागेका हुन् । रिपोर्टका अनुसार, खान भाडामा बस्ने घर अभिनेता ज्याकी भगनानीको परिवारको हो ।
खानले आफ्नो घर मर्मत गरिरहेकाले भाडाको घरमा सरेको समाचारमा उल्लेख छ । मुम्बईको पाली हिल्समा रहेको सो डुप्लेक्स अपार्टमेन्टको वार्षिक भाडा २ करोड ९४ लाख भारुभन्दा बढी हुने बताइएको छ । जहाँ शाहरुख खान तीन वर्ष बस्ने बताइएको छ ।
शाहरुखले एउटा अपार्टमेन्टका लागि मासिक ११ लाख ५४ हजार र दोस्रो अपार्टमेन्टको लागि १२ लाख ६१ हजार भारु भाडा तिर्नेछन् । रिपोर्टका अनुसार, शाहरुखले आफ्नो ६ तले मन्नतमा थप दुई तला थप्न नियामकबाट अनुमति लिएका छन् । हाल घरको काम चलिरहेकोले उनी आफ्नो सम्पूर्ण परिवारसँग भाडाको घरमा सर्नु परेको हो ।











