फिल्म । केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार फेसबुकमार्फत यो फिल्म आउँदो वर्ष विसं २०८२ को हरितालिका तीजमा प्रदर्शन हुने जानकारी दिएका हुन्। छायांकन सुरू नहुँदै निर्माताले तीजलाई प्रदर्शन मितिको रूपमा घोषणा गरेका हुन्।
ऋषि लामिछानेले निर्देशन गर्ने फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, र शिशिर वाङ्देलको अभिनय हुनेछ। दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन्। आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा मुनाल घिमिरेको लगानी रहनेछ भने यसको पटकथा समीप्याराज तिमल्सेनाले लेखेका हुन् ।
कमेन्ट गर्नुहोस्











