तेस्रो जीतसँगै ‘जनकपुर बोल्ट्स’ शिर्ष स्थानमा

खेलकुद । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले तेस्रो खेलमा समेत जित निकादै अंक तालिकाको शिर्षस्थानमा छ । उत्कृष्ट लयमा देखिएको जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्‍यो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको एकसय ३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्‍यो ।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे । क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए।

ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे। उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा एकसय ३८ रन जोड्यो। पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन्।

कमेन्ट गर्नुहोस्