‘भट्टी कि रानी’ मा रोशनसँग अलिसा

सङ्गीत । गायक तथा मोडल रोशन अधिकारीले नयाँ गीत बजारमा ल्याएका छन् । ‘भट्टी कि रानी’ गीतमा रोशन अधिकारीको स्वर छ । गीतमा विष्णु भट्टको संगीत, विपिन सलामीको शब्द छ ।

गीतको भिडियोमा पनि रोशन अधिकारी र अलिसा शर्माको मोडलिङ छ । भट्टीमा पुगेर अलिसासँग रोशनले गरेको रोमान्सलाई भिडियोमा प्रस्तुत गरिएको छ । यो भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोमा मोडल रोशन र अलिसालाई गज्जबले नचाएका छन् । गीतको अडियोले दर्शकको ध्यान खिच्न सक्छ ।

सिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । यो भिडियोमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको र काम गर्न सहज भएको मोडल अलिसा शर्माले बताइन् ।

कमेन्ट गर्नुहोस्