अञ्जानको ‘एकल अन्जान साँझ’ सम्पन्न

साहित्य । गजल वाचन तथा गायन कार्यक्रम रहेको युवा साहित्यकार एन.बी.अञ्जानको ‘एकल अन्जान साँझ’ सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पन्न भएको कार्यक्रम कवी प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानले आयोजना गरेको थियो ।

लामो समयदेखि लेखन तथा साहित्य क्षेत्र अन्तर्गत विविध विधामा सक्रिय अञ्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट प्रसंशाका शब्द गुन्जिएको थियो । अञ्जानले ‘मरुभूमि साहित्य यात्रा’ गजल सङ्ग्रह, ‘आहुति’ गजल सङ्ग्रह, ‘मौसम’ गजल सङ्ग्रह, ‘आधा इन्च’ हाइकु एसिया कै सानो कृति, ‘कोपिला’ नेपाली भाषाको पहिलो रुबाई महाकाव्य जस्ता चर्चित पुस्तकहरु लेखेकाछन् ।

कमेन्ट गर्नुहोस्