फ्राइडे फिल्म : ‘ह्रस्व दीर्घ’

फिल्म । अभिनेत्री नीता ढुंगाना अभिनित तथा निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ आजदेखि नेपालभरबाट प्रदर्शनमा आएको छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टका कारण दर्शक माँझ प्रतिक्षित थियो ।

चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्