फिल्म । अभिनेत्री ऋचा घिमिरेले एक दशकपछि पर्दामा फर्किदाको अनुभव शब्दमा व्यक्त गर्न बताएकी छिन् । अभिनेत्री घिमिरेले फिल्म ‘तेल भिसा’ को प्रचारप्रसारका क्रममा अमेरिका पुगेपछि पहिलोपटक ‘भूठान’ मा अभिनय गर्दा आफूले व्यक्त गर्न नसकिने अनुभव संगालेको बताइन । उनले भनिन्,‘मेरो टेक दिने बेलामा म केही समय फ्रीज पनि भएँ । किनकि कलाकारिताबाट पहिचान बनाएकी म केही समयदेखि टाढिएकी थिएँ । त्यहाँ काम गरेपछि मलाई पुनः कलाकारितामा फर्किनु ढिला गर्नु हुँदैन भन्ने आभाष भयो ।’
उनले फिल्म ‘तेल भिसा’ लाई आफूसहित टिमले इमान्दार भएर कथा भन्ने कोसिश गरेको बताइन । उनी यसमा प्रस्तुतकर्ता र अभिनेत्रीको भूमिकामा छिन् । उनलाई अमेरिकाको सेड्युलमा दुवै भूमिका निर्वाह गर्न कठिन पनि भयो ।
‘केही वर्षको अन्तरालमा काम गर्न लगाएकोले म आफ्नो क्यारेक्टरलाई लिएर निकै सजग थिएँ । किनकि पात्रलाई बाच्ने विपिन कार्की जस्ता कलाकार फिल्ममा हुनुहुन्छ । अमेरिकामा सिमित युनिट भएकाले हामीले एकले अर्कालाई सहयोग गरेर काम गरिरहेका थियौँ । त्यसमा आफू निर्मात्री भएपछि व्यवस्थापनमा पनि ध्यान दिनै पर्यो । तर, सम्पूर्ण टीमको सहयोगले हामीले काम सम्पन्न गर्यौं’, अभिनेत्री घिमिरेले भनिन् ।
निर्देशक शङ्कर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ मा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको भूमिकामा देखिएका विपिनले पहिलोपटक यस्तो अनुभव संगालेका हुन् । उनले छोराको भूमिका सकाएर बुवाको भूमिका निर्वाह गरे । त्यसको बीचमा दुई महिनाको अन्तराल रहेको अभिनेता कार्कीले बताए ।
पछिल्लो फिल्म ‘तुलसी’ पछि स-परिवार अमेरिका बसोबास गरिरहेका निर्देशक घिमिरेले प्रवासी जीवनको एउटा मार्मिक कथालाई फिल्मको विषय बनाएको बताए । ‘म अमेरिका पुगें तर पलायन भएको होइन् । केही पारिवारिक दायित्व थियो, र अहिले धेराओ पैसा भएर पनि फिल्म बनाएको होइन । मैले र मेरो श्रीमती (ऋचा घिमिरे) ले जानेको कर्म नै यही हो, त्यसैले यसलाई नै निरन्तरता दिएका हौँ । विगत दुई वर्षदेखि कथामा काम गरेर यसको स्क्रीप्ट तयार गरेका छौँ । यो फिल्मले विदेश पुग्ने अभिभावकको बेदाना र चाहनालाई प्रस्ट्याउछ भन्ने लागेको छ’, निर्देशक घिमिरेले भने ।
मङ्सिर ७ लाई प्रदर्शन तय गरिएको फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक घिमिरेले छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको जनाए ।
उहाँकी श्रीमती तथा अभिनेत्री ऋचा घिमिरेले यसपटक कथालाई पटकथा बनाउन निकै मेहनत गरिएको जानकारी दिईन् । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेकाछन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाउनुभएका अभिनेता कार्कीले नयाँ अनुभव संगालेको बताए । फिल्ममा पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेकाछन् ।
ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।










